पर्साको पोखरीया नगरपालिका कार्यालयमा आगलागी: १० लाखको क्षति



न्युज अफ नेपाल, पर्सा ।

पर्साको पोखरीया नगरपालिका कार्यालयमा आगलागी भएको छ । बुधबार मध्यान्न १२ बजेतिर पर्साको पोखरीया नगरपालिका कार्यालयको सभाहलमा भएको आलागीबाट करिब १० लाख मूल्य बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ।

सभाहलमा राखिएको ब्याट्री सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरीएको छ। नगरपालिकाकै दमकलको सहायताले स्थानीय र सुरक्षाकर्मी मिलेर आगलागी नियन्त्रणमा लिइएको छ। वीरगञ्ज महानगरपालिका कार्यालयबाट दमकल गएको भएपनि आगो नियन्त्रणमा आइसकेकोले बाटैबाट फर्केको छ ।

क्षतिको यकिन विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्