सुभेन्द्र दास, सिरहा ।
राहत वितरणमा विवाद हुँदा भीड तितरवितर पार्न सिरहाको मिर्चैया नगरपालिकामा प्रहरीले गाेलि चलाएको छ । मिर्चैया नगरपालिका -७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको हो । वडा कार्यालय पुगेका प्रहरीले भीड तितरबितर गर्न ९ राउन्ड हवाई फायर गरेको हाे ।
प्रहरीले लाठी चार्ज पनि गरेको स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले ढुंगामुढा भएपछि हवाई फायर गरिएको बताए ।
वडा कार्यालयले राहतमा विपन्न परिवारलाई छाडेको भन्दै २ दिनदेखि वडा कार्यालय घेराउ गर्दै आएका थिए । घटनापश्चात वडा अध्यक्ष रामकुमार यादवले नाम छुटेका परिवारलाई राहत वितरण गरिने प्रतिबद्धता जनाएका छन् ।











प्रतिक्रिया