स्वास्थ्यकर्मीकै स्वाब परीक्षण



बागलुङ ।
कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएपछि बागलुङका दुई स्वस्थ्यकर्मीको स्वाब परीक्षण गरिएको छ । दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा कार्यरत एक चिकित्सक र एक निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको शङ्कास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।
गुरौंका अनुसार कोरोना लक्षण देखिएका निजी क्लिनकमा काम गर्ने स्वास्थ्यकर्मी र धौलागिरि अञ्चल अस्पतालका एक चिकित्सकको स्वाब परीक्षणका लागि पठाइएको थियो ।
कोरोना सङ्क्रमितको उपचार गरेको अस्पतालका चिकित्सकलाई नै लक्षण देखिएका कारण तुरुन्दै स्वाब परीक्षणका लागि पठाइएको हो । चिकित्सकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको र अर्का स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिनुभयो । “सङ्क्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मीलाई लक्षण देखिँदा निकै भयभित भएका थियौं”, गुरौंले भन्नुभयो, “डाक्टरलाई कोरोना देखिएको छैन, तर सर्तकता अपनाउन निकै जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्