आगलागीमा परेर घाइते वडाध्यक्षको मृत्यु



गुल्मी ।

गुल्मीमा आगलागीमा परेर घाइते १ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरको बसपार्कमा रहेको शान्तिपुर बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक ४५ वर्षीय पूर्ण खनाल घइते भएका थिए ।

घाइते खनालको बुधबार काठमाडौंस्थित कीर्तिपुर सामुदायिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक खनाल बाग्लुङको बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरका वडाध्यक्ष हुन् ।

गत वैशाख ८ गते पसलमा लागेको आगलागीमा घाइते खनालसहित उनकी श्रीमती रूपा खनाल, र छोरा २१ वर्षीय सञ्जय खनाल घाइते भएका थिए । उनीहरू सबैलाई स्थानीय मेडिकलमा उपचारपछि पाल्पा हुँदै काठमाडौं पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्