कोरोनाको कहरः रमजानमा मस्जिदमा पढिने तरावी घरमै पढ्ने र सुनाउने



यमलाल भुसाल, बुटवल ।

कोरोना भाईरसले गर्दा विश्वभर महामारी फैलिएसंगै इस्लाम धर्मावलम्बीहरूको महानपर्व रमजान घरमै वसेर मनाउन बाध्य हुन परेको मुस्लिम धर्मावलम्बीहरूले बताएका छन ।

विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला यो पर्व परेकाले कोरोनाको जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन यो वर्ष घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको हो । गत शनिबार देखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू एक महिनासम्म दिनभर केही नखाई निराहार व्रत बसि नमाज पाठ पढ्ने गर्दछन् ।

रमजान शुरु भएसंगै मस्जिदमा जम्मा भएर मौलानाले पढाउने कुरान पढन र सुन्न नसकिएको बताउनु हुन्छ जामा मस्जिद सैय सिद्धिक अहमद बुटवल ६ खयरघारीका अध्यक्ष मसुद आलम ।

अध्यक्ष आलमका अनुुसार रमजान शुरु हुनु पुर्वको समयमा हरेक दिन ऐसा १७ रेकाध पढिने गरिन्थ्यो । रमजानको अवधीमा ऐसा १७ रेकाध र तरावी २० रेकाध गरि ३० दिनमा ३७ रेकाध पढनु पर्नेमा तरावी २० रेकाध पढन कोरोनाका कारण बन्द गरिएको उहाँले बताउनु भयो ।

जसले तरावीको २० रेकाधको कुरान कन्ठ पारेको छ उसलेमात्र घरमा वसेर पढने गरेको छ । कन्ठ नभएकाले मस्जिदमा जम्मा भएर मौलानाले पढाउने कुरान पढन र सुन्नवाट मुलुक भरका मुस्लिम समुदाय बन्चित भएको अध्यक्ष आलममले बताउनु भयो ।

मस्जिदमा रमजानमा हरेक दिन विहान ५ वजे फरज नमाज दिउसो २ वजे जोहर नमाज अपराहन्न साढे ५ वजे असर नमाज साझँ साढे ६ वजे वतखोल्ने समयमा मगरिभ नमाज र राति साढे ८ वजे ऐसा नमाज पढि सकेपछि तरावीको २० रेकाध पढने काम पुर्ण रुपमा वन्द भएको छ ।

बुटवलमा ३ वटा मस्जिदमा गरि हरेक शुक्रवार करिव १३ सय जनाले मस्जिदमा गएर नमाज पढने र सुन्ने गरिएकोमा यस वर्ष मस्जिदमा जम्मा हुने काम नै वन्द गरिएको अध्यक्ष आलमले बताउनु भयो ।

कोरोनाका कारण मस्जिदमा जम्मा हुन नपाएकाहरुले घरपरिवारका सदस्यसंगै घरमै वसि पाठ पढने गरेका छन । केवल मस्जिद रेखदेखका लागि रहेका मौलानले मात्र नमाज पढने गरेका छन । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने र सूर्यास्तसंगै मिठा मिठा भोजन गर्ने परम्परा रहिआएको छ ।

आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने चलन भए पनि कोरोना जोखिमका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले घरमै बसेर पाठ पढने गरका छन ।

रमजान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्वको र आत्म सन्तुष्टीको विषयका रुपमा लिने गरिएको छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

कुनै पनि शारीरिक वा स्वास्थ्य समस्या भएका बाहेक इस्लाम धर्म मान्नेहरु हरेक बयस्क व्यक्तिलाई रोजा राख्न अनिवार्य हुन्छ । तर, बिरामी, गर्भवती महिला र अशक्तलाई भने रोजा बस्न छुट रहेको छ ।

एक महिने रमजान सकिएको भोली पल्ट मुस्लिम समुदायले खुशियालीको महान पर्वका रुपमा मनाउने ईद पर्व पनि यस वर्ष मनाउन समस्या हुने जामा मस्जिद सैय सिद्धिक अहमद बुटवल ६ का मौलाना शिव गतुलाहले बताउनु भयो ।

अध्यक्ष आलमले यस वर्षको रमजान र ईद पर्व पुर्ववत रुपमा मनाउन नपाएपनि कोरोना भाईरसको विश्ववाट अन्य भएको खुशि सुन्न पाईयोस भनी शुभकामना समेत व्यक्त गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्