‘जर्मन सेफर्ड’ जातको कुकुरमा पनि भेटियो कोरोना संक्रमण


एजेन्सी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कुकुरमा पनि भेटिएको छ ।

हङकङमा हालै गरिएको एक परीक्षणमा ‘जर्मन सेफर्ड’ जातको कुकुरलाई कोरोना संक्रमण भएको पाइएको छ । उक्त कुकुरका मालिक कोरोना संक्रमित थिए । हङकङको आइल्याण्डस्थित पोक फु लाम क्षेत्रमा सो कुकुरलाई केही दिनअघि क्वारेन्टाइनमा राखी परिक्षण गरिएको थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म दुई वटा कुकुरमा कोरोना संक्रमण भेटिएको छ ।

यस्तै, घरपालुवा जनावरलाई अंकमाल नगर्न चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।