बाहिरबाट नेपाल आउन शुक्रवार रातीबाट प्रतिबन्ध


भगवती तिमल्सिना,काठमाडौं ।

सरकारले प्रतिबन्ध लगाएका देशबाट जो कोही नागरीक नेपाल आउन नपाउने बताएको छ । सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले विदेशमा रहेका नेपालीको सरकारले तोकेसमय सम्म आउन बन्द गरेको बताउनुभएको हो ।

कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले बुधबार मात्र युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । यो प्रतिबन्ध भोलि (शुक्रबार) मध्यरातबाट लागू हुनेछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यतिबेला संक्रमित जुन देशमा भए पनि त्यहाँबाट बाहीर निस्कन मिल्दैन बिडारीले भने, ‘जहाँ भए पनि त्यहिँ सुरक्षित साथ बस्नुहोस् ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।