पोखरीमा डुवेर बालकको मृत्यु



घनश्याम बगाले, नवलपरासी ।

 

पूर्वी नवलपरासीको कावासोती १५ शेरगंजमा मंगलबार माछा पोखरीमा डुवेर बालकको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा स्थानीय गुरु नेपालीका ११ वर्षीय छोरा बुद्धिराज नेपाली रहेकाछन् ।

 

घर नजिकैको माछा पोखरीमा वालक डुवेको देखेर उद्धार गरी कालिगण्डकी अस्पताल कावासोती ल्याए लगतै चिकित्सकले वालकलाई मृत घोषणा गरेका थिए ।

 

प्रहरीले वालकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा पठाई घटनाबारे अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्