प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि मतदान सुरु


न्युज अफ नेपाल, जनकपुरधाम ।

प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि मतदान सुरू भएको छ । । प्रदेश सभाको पहिलो बैठकको झण्डै २५ महिनापछि मतदान हुन लागेको हो ।

सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् भने नेकपाले जानकी तथा कांग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । नामाकरणका लागि चार पटक र राजधानीका लागि तीन पटक गरी सात पटक निर्वाचन हुन भएको छ ।

यी, दुवै प्रक्रियाका लागि दुई तिहाई मतको आवश्यक रहेको छ । तर कुनै दलसँग पनि आवश्यक मत भने छैन । नेकपाको ३२, समाजवादी पार्टीको ३०, राजपाको २५, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सिट रहेको छ । मतदानपछि कुनै पनि नाममा दुई तिहाइ नपुगे पुन: निर्वाचन हुने बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।