‘कोरोना भाईरसको त्रासले मूल्य वृद्धिको चाप थपिन्छ’ : राष्ट्र बैंक

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले संघीय संरचनामा आर्थिक गतिविधि अध्ययनका विधी, अध्ययन गर्दाका चुनौती र अध्ययन गर्ने क्षेत्रहरुका बारेमा उद्योगी ब्यवसायी तथा बैक तथा वित्तिय क्षेत्रका ब्यक्तिहरुलाई चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक विवरणसहित गोष्ठी आयोजना गरेको छ । सरोकारवालाहरुले राष्ट्र बैकले चाल्नु पर्ने कदम र वित्तिय क्षेत्रको अवस्थाका बारेमा सुझावसहित जिज्ञासा प्रस्तुत गरेका थिए ।

राष्ट्र बैंकका डुपुटी गर्भनर शिवराज श्रेष्ठले सरोकारवालाहरुले उठाएका जिज्ञासाका जफाव दिनुभएको थियो । बजारमा बढिरहेको मुल्य बृद्धी रोक्न नसकेको, कोरोना भाईरसका कारण ब्यवसायले ब्यहोर्नु परेको आर्थिक ब्यवहार, बैकहरुले प्रदान नगरेको सहुलियत कर्जाका बारेमा सहभागिहरुले जिज्ञासा राखेका थिए । क्षेत्रिय होटल ब्यवसायी संघ काभ्रेका सचिव ज्योत्सना सैँजुले कोरोना भाईरसका कारण होटलमा आउने पर्यटकहरुले धमाधम बुकिङ्ग रद्ध गर्न थाले पछि आर्थिक संकट निम्तिन थालेकाले बैकहरुले लिने ब्याज सहज बनाउनु पर्ने बताउनु भयो ।

डेपुटी गर्भनर शिवराव श्रेष्ठले नेपाल सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैक भएकाले सरकारलाई आवश्यक सहयोग र सल्लाह दिईरहेको बताउनु भयो । ‘मुलुकमा हुने आर्थिक गतिविधि तथा कोरोना भाईरसको संकटबाट उत्पन्न परिस्थितीको सामना गर्न सरकारलाई सुझाव दिईसकेका छौ’ उहाँले भन्नुभयो ‘विविध कारण सरकारले लिएको आर्थिक बृद्धीको लक्ष्य भेट्टाउने मुस्किल भएको छ ।’

सरकारी बजेट खर्च पछिल्लो ६ महिनामा न्यून भएकाले खर्चको लक्ष्य बढाउन सरकारलाई सुझाव दिएको उहाँले बताउनु भयो । ब्यवसायी तथा सरोकारवालाहरुले दिएको सुझावलाई राष्ट्र बैकले कार्यान्वयन गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक विज्ञानराज सुवेदी लगायतले नेपालको पछिल्लो छ महिनाको आर्थिक तथ्याङ्क प्रस्तुत गरेका थिए । मुद्रा स्फिती ६.४१ प्रतिशत रहेकाले उपभोक्ता मुल्य सुचकांकमा कोरोना भाईरसका कारण मुल्य बृद्धीको चाप थपिने निर्देशक सुवेदीले बताउनु भयो ।

बार्षिक विन्दुगत आधारामा निक्षेपको बृद्धीदर १६.३ प्रतिशत र कर्जाको बृद्धीदर १५.१ प्रतिशत रहेको छ । २०७६ पुष मसान्तसम्म बाणिज्य बैक ७ सय ५३ मध्ये ७ सय ४५ तहमा पुगिसकेका छन् । बाँकी ८ वटा स्थानीय तहमा पुग्ने तयारी रहेको उहाँले बताउनु भयो । बाग्मती प्रदेशका १ सय १९ मध्ये १ सय १७ तहमा बैकहरुले सेवा दिन थालेका छन् । २०७६ पुष मसान्तसम्म ९ हजार ३ सय ९४ बैक तथा वित्तिय संस्था रहेको राष्ट्र बैकले जानकारी दिएको छ । सुवेदीले नेपालमा ३ करोड ११ लाख १२ हजार १ सय ९४ वटा खाता रहेका छन् भने १४ लाख ९८ हजार ४ सय ६७ कर्जा खाता, १ हजार ५ सय ७७ शाखा रहित बैकिङ्ग केन्द्र, १ लाख ८८ हजार ८ सय ६२ शाखा रहित बैकिङ्ग ग्राहक, मोवाईल बैकिङ्ग ग्राहक, इन्टरनेट बैकिङ्ग ग्राहक, एटिम, डेविट कार्ड, केडिट कार्ड, प्रिपेड कार्ड लगायतको सेवा उपलब्ध भईरहेको जानकारी दिनु भयो ।

बाग्मती प्रदेशमा कुल ग्राहस्थ ४१.३६ रहेको छ भने बृद्धी दर ७.४६ रहेको छ । राष्ट्रिय तथ्यांक ७.०५ प्रतिशत रहेको छ । बैकले अध्ययनका लागि कृषि, पशुपालन, सिंचाई तथा वन क्षेत्रको क्षेत्रफल, उत्पादन तथा राष्ट्रिय परिदृृश्य, औधोगिक क्षेत्रको उत्पादन क्षमता उपयोग, सेवा क्षेत्र, पर्यटन, बैकिङ्ग, सार्वजनिक निर्माण तथा रियल स्टेट, शिक्षा तथा स्वास्थ्य, वातावरण तथा संचार, ठुला विकास परियोजना,बैदेशिक रोजगार लगायतका क्षेत्रहरु समावेश गरेको छ ।

Skip This