टेकु अस्पतालबाट भागेका युवक विराटनगर पुगे, पक्राउ गर्ने तयारीमा प्रहरी


न्युज अफ नेपाल, काठमाडौं ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका बिरामी विराटनगर पुगेका छन् ।

कोरियाबाट फर्किएका सुनसरी घर भएका एक युवक कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना भएका थिए । उनले बोकेका फोन ट्र्याक गर्दा उनी विराटनगरमा रहेको प्रहरीले पत्ता लगाएको छ ।

फरार रहेका उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङको एक टोली खटिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।