झाडी फाड्ने क्रममा मानव कङ्काल भेटियो


पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पुरानो पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ। स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा मानव कङ्काल भेटिएको थियो ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कङ्काल हो भन्ने पहिचान हुन नसकेको बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा सो कङ्काल पुरुषको भएको तथा कङ्काल धेरै अगाडिको हुनसक्ने अनुमान प्रहरीको छ।

घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली आएर अनुसन्धान सुरु गरेको छ । थप अनुसन्धानका लागि कङ्काल शिक्षण अस्पताल लगिएको कोईरालाले बताउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।