एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?


न्यूज अफ नेपाल, काठमाडौँ ।

बुधबार सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला ७८ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार  तोलामा २ हजार २ सयले बढेर ८० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको छ । मंगलबार ७८ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।