अत्यावश्यक कामबाहेक विदेश नजान सरकारको आग्रह

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

अत्यावश्यक काम बाहेक सरकारले नेपालीहरुलाई बाहिरी देश नजान आग्रह गरेको छ । सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले वैदेशिक रोजगारमा पनि अहिले नजान आग्रह गरेका हुन् । अत्यावश्यक काम बाहेक अध्ययन तथा घुमफिरका लागि समेत विदेश नजान उनले सबैलाई अनुरोध गरेका छन् ।

उनले तत्काल विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर पनि नदिइने जानकारी दिए। मन्त्री ज्ञवालीले विवाहजस्ता उत्सव पनि परिवारका सीमित सदस्यमाझ मात्र गर्न आग्रह गरेका छन्। मन्त्री ज्ञवालीले खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरलाई नियमित राख्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिए।

Skip This