बास्कोटासँग कमिसनको कुरा गर्ने मिश्रलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्र

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ।

निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग सेक्युरिटी प्रेस खरिदमा कमिसन बिषयमा बार्तालाप गर्ने विजयप्रकाश मिश्रलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको छ।

सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका बास्कोटाको चरित्र हत्या गर्ने गरि टिकाटिप्पणी गरेको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मिश्रलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको हो।

मिश्रसँग ६० करोड कमिसनबारे भएको कुराकानीको अडियो बाहिरिएपछि बास्कोटाले बिहीबार राजिनामा दिएका छन् । लेखा समितीका सदस्यहरुले बैठकमा मिश्रको भनाई प्रति आपत्ती जनाएका थिए।

Skip This