धुर्मस–सुन्तली फाउन्डेसनलाई सहयोग



नेपाल समाचारपत्र, काठमाडौं

धुर्मस सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि एआईएका विद्यार्थीले नगद सहयोग गरेका छन्।
शंखमूलस्थित एआईएका विद्यार्थी सन्देश बस्याल र अभिषेक गौतमसहितका विद्यार्थीले एक समिति नै बनाएर सहयोग संकलन गरेका थिए।

बुधबार विद्यालयमा आयोजित समारोहमा विद्यालयका प्रिन्सिपल विमल घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि ज्ञवाली, सहयोग संकलन समितिका सयोजक सन्देश बस्याल र अभिषेक गौतमले धर्मुस सुन्तलीलाई ३ लाख ४० हजार २ सय हस्तान्तरण गरेका हुन्।

सो अवसरमा धुर्मुस सुन्तलीले रंगशाला बनाउने पवित्र कार्यका लागि स्वयं विद्यार्थीहरूले गरेको ३ लाख सहयोग आफुहरूका लागि ३ करोडजस्तो भएको भन्दै धन्यवाद दिएका छन्।

कार्यक्रममा खेलाडी दीपक विष्ट, खेलकुद पत्रकार संघका अध्यक्ष प्रकाश तिमिल्सिना, प्रिन्सिपल विमल घिमिरे, कृष्ण गैरे र सन्देश बस्याललगायतले सहयोगी हात बढाउन आग्रह गरेका थिए भने धुर्मस सुन्तलीले अब ४ महिनाभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनी सक्ने जानकारी गराएका थिए।

 

प्रतिक्रिया दिनुहोस्