२७ औं प्रहरी महानिरिक्षक फुटबल प्रतियोगिताः सैनिक महाविद्यालय र नेपाल प्रहरी स्कुल फाईनलमा



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल प्रहरी स्कुल साँगाको आयोजनामा भईरहेको २७ औ प्रहरी महानिरिक्षक फुटबल प्रतियोगिताको सेमिफाईनल खेल शुक्रबार सम्पन्न भएका छन् ।

सेमि फाईनल खेलमा विजयी भएका सैनिक आवासिय महाविद्यालय भक्तपुर र नेपाल प्रहरी स्कुल साँगा ए टिम बीच फाईनल खेल हुने छ ।

प्रतियोगिताको फाईनल खेल पुष ७ गते सोमबार हुने छ । सेमिफाईनलको पहिलो खेलमा सैनिक आवासिय महाविद्यालय भक्तपुरले बनेपाको बेलर स्ुकललाई शुन्यका विरुद्ध तीन गोलले पराजित गरेको छ ।

सैनिक महाविद्यालयका आयुष कुँवरले १ गोल गरेका थिए भने मनिस रोकायाले २ गोल गरे । खेलको म्यान अफ दि म्याच सैनिक आवासिय महाविद्यालयका मनिष रोकाया घोषित भए ।

त्यस्तै आजै भएको सेमिफाईनल खेलमा नेपाल प्रहरी स्कुल ए टिमले एसओएस बालग्राम काभ्रेलाई एकका विरुद्ध दुई गोलले पराजित गरेको थियो । नेपाल प्रहरी स्कुल ए टिमका भिमोजित राजबंशी र प्रविन रानाले एक/एक गोल गरेका थिए । एसओएस बालग्रामका विशाल तामाङले एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच नेपाल प्रहरी स्कुल ए टिमका बलराम यादव घोषित भए ।

प्रतियोगितामा काभ्रेपलाञ्चोक, काठमाडौ, भक्तपुर, ललितपुर लगायतका ८ वटा टिमको सहभागिता रहेको छ । गत वर्ष १२ टिमको सहभागिता रहेको थियो । सोहि वर्ष रनिङ ट्रफि सैनिक विद्यालयले हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्