त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ र नाम नखुलेका अर्का एक व्यक्ति सुन सहित पक्राउ परेका हुन्।

उनीहरु नेपाल एयरलाइन्सको विमानमार्फत नेपाल आएका थिए। दुबैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This