भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नाम फेरियो



भक्तपुर । सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट राख्ने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाः को सम्मानमा उनको नामबाटै सो रुटको नामाकरण गर्ने घोषणा गरेका हुन् ।

नेपाल संवत ११४० को अवसर पारेर मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मध्यपुर ठिमी नगरपालिकाभित्र ‘राष्ट्रिय विभूति शंखधर साख्वा स्मृति पार्क’ निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मध्यपुर ठिमी नगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क बनाउने तयारी गरेको छ । त्यसमा सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउने मन्त्री भट्टराईको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्