हराएको चार दिनपछि मृत अवस्थामा फेला   


न्युज अफ नेपाल, पाल्पा ।
रिब्दीकोट गाउँपालिका– ३ खस्यौलीका विष्णुबहादुर थापा हराएको चार दिनपछि आज मृत अवस्थामा फेला परेका छन् । शुक्रबार गाडी चढेर ससुराली हिँडेका ३५ वर्षीय थापा रिब्दीकोट गाउँपालिका– ८ पालुङग मैनादीको खातुङ्ग जङ्गलको तल्लो भागमा मृत अवस्था भेटिएको आफन्त वसन्त थापाले बताउनुभयो ।

कुसुमखोला मैदानी सडकदेखि झण्डै ४०० मिटर तल जङ्गलमा मृत्यु देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेको हो । आफन्त वसन्तसहित तीन जना आफन्त गाडी लिएर खोज्न जाँदा खातुङ्गको बाटोमुनि चप्पल र झोला देखिएको थियो ।

सोही स्थानमा खोजतलास गर्दा तल खोल्सामा मृत अवस्थामा शव भेटिएको प्रहरीको दाबी छ । आफन्त वसन्तका अनुसार मृतक थापाको एक छोरा एक छोरी छन् । थापाले मजदूरी गरी परिवारको जीविकोपार्जन गर्दै आएका थिए ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।