रुपन्देहीमा लुटेरा समूहले गोली हानी एकको हत्या


यमलाल भुसाल बुटवल ।

रुपन्देहीमा लुटेरा समूहले गोली हानेर एकजनाको हत्या गरेका छन्। जिल्लाको रोहिणी गाउँपालिका–३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको हो।

बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा आएका लुटेरा समूहले गोली हानी कुर्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

स्थानीयका अनुसार बैंकबाट रकम निकालेर आउँदै गर्दा डाकाहरुको समूहले कुर्मीमाथि गोली हानेको बताएका छन्। गोली हानेपछि लडेका कुर्मीको साथमा रहेको रकम पनि लुटेराले लगेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।