नेपाल समाचारपत्र, ललितपुर। ललितपुर उप–महानगरपालिका–१८ कार्यालयले वृक्षरोपण गरेको छ। संैबु बागमती गल्छेडो र वरपरका क्षेत्र ओगट्ने गरी गरेको वृक्षरोपण कार्यक्रममा विभिन्न प्रजातिका ६ सय २५ बिरुवा रोपिएको थियो।
महानगरको भूःक्षय तथा वृक्षरोपण कार्यक्रमअन्तर्गत १८ वडा कार्यालयको समन्वयमा वृक्षरोपण गरिएको वडाका वातावरण समितिका संयोजक गोपाल डंगोलले बताउनुभयो।
स्थानीय रमेश केसी संयोजक रहेको समितिले महानगरको बजेटबाट वृक्षरोपण गरिएको थियो। करिब ५ फिट अग्लो धूपी, कपूर, चँप, असारेलगायतका बिरुवा रोपिएको थियो। वृक्षरोपणसँगै सम्पूर्ण क्षेत्रमा तारबार गरिएको छ।
१८ वडा अध्यक्ष पुरुषोत्तम खड्का, नेकपा जिल्ला समिति सदस्य एवं समाजसेवी दामोदर खड्का, जलविनायक वन उपभोक्ता समितिका अध्यक्ष नवराज कुँवर, श्रीवालकुमारी सिर्जना क्लबका अध्यक्ष शालिकराम कुँवर, उपाध्यक्ष वीरेन्द्र थापा, वडा सदस्य गोपाल डंगोल, रुकमणी महर्जन, राधिका रोका, रेश्मा थापा स्थानीय टोल सुधार समितिका प्रतिनिधिले वृक्षरोपण गरेका थिए।
वडाले सार्वजनिक जग्गा संरक्षण गर्न वृक्षरोपण कार्यलाई निरन्तरता दिने वडा अध्यक्ष पुरुषोत्तम खड्काले बताउनुभयो। उहँले भन्नुभयो– ‘अब वडाले वृक्षरोपण मात्रै होइन नहुर्कुन्जेलसम्म बिरुवाको नियमितरूपमा संरक्षण गर्नेछ।’











प्रतिक्रिया