सेजन अध्यक्षमा गौतम


काठमाडाैँ । आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतम निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गरेका हुन् ।

२३३ मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गरेका छन् । ३ मत खसेन ।

त्यस्तै महासचिवमा सुजन ओली निर्वाचित भएका छन् । ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गरे । ओलीले १३५ र पौडेलले ९५ मत ल्याए ।

त्यस्तै, सचिव पदमा कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित भएका छन् । प्रत्यासी राजु चौधरीले ६५ र सागर घिमिरेले ७२ मत ल्याए । उपाध्यक्षका लागि सरस्वती ढकाल र विष्णु बेलबासेको ८३/८३ बराबर मत खसेपछि गोलाप्रथाबाट उपाध्यक्षमा ढकाल निर्वाचित भइन् । उपाध्यक्षका अर्का प्रत्यासी अनुज ढुंगेलले ६७ मत ल्याएका थिए ।

सदस्यमा हिमा विक १३५, कमला अर्यालले १०७, मुना कुँवर १५२, विनय बञ्जारा १७०, सुजन ढुंगेल १४८ मत ल्याएर विजयी भएका छन् । सदस्यमा जीवनकुमार बस्नेतले १०० र विपी पोख्रेलले ७५ मत ल्याएर पराजित भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।