वडाध्यक्षसहितको कुटपिटबाट एक युवा गम्भीर, युवाको हेलिकोप्टरद्धारा उद्दार



रामधन राई, खोटाङ ।
वडाध्यक्षसहितको समुहवाट कुटपिट हुँदा गम्भिर खोटाङका एक युवालाई हेलिकोप्टरबाट उद्दार गरिएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडाध्यक्ष खगेन्द्र राई सहितको समुहवाट कुटपिटमा परी गम्भिर बनेका सोही ठाउँका ३० वर्षिय महेश राईलाई हेलिकोप्टरवाट आईतवार काठमाण्डौं पु¥याईएको हो ।

गत विहिवार भएको आपसी विवादपछिको कुटपिटवाट अचेत वनेका घाईंतेको स्थानीय स्वास्थ्य संस्थामा समेत होस नखुलेपछि केएमसी अस्पताल काठमाण्डौं लगिएको छ । एक लाख ८० हजार रुपैंयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ पठाइएको घाइतेका दाजु इश्वर राई सुनाउनुभयो । अचेत अवस्थामै काठमाडौँ पु¥याइएका महेशको टाउको तथा गालामा चोट लाग्नुका साथै शरीरको विभिन्न ठाउँमा निलडाम देखिएको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा सोही वडाका वडाध्यक्ष खगेन्द्र राई सहित अन्य चार युवा तथा घाईंतेको आफन्तलाई जिल्ला प्रहरी कार्यालय झिकाईएको डिएसपी वामदेव गौतमले वताउनुभयो । किटानी जाहेरी आएपछि कार्वाही प्रक्रिया अघि वढाईने डिएसपी गौतमको भनाई छ ।

घाइते महेश र वडाध्यक्ष खगेन्द्रबीच वडा कार्यालय भवन निर्माणमा उपभोक्ता समिति गठन गर्ने विषयलाई लिएर विवाद भएको जनाईएको छ । दिउँसोको विवादपछि वेलुकी पीडितको घरैमा गएर निर्घात कुटपिट गरेको आफन्तले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्