अन्धुवाखोलामा डुबेर बालकको मृत्यु



सुरुङ्गा । झापाको बिर्तामोडमा आज एक बालकको डुबेर मृत्यु भएको छ । अन्धुवाखोलामा डुब्दा बिर्तामोड नगरपालिका–३ निवासी रोशन बेस्राको दुई वर्षीय छोरा अजितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर नजिकै खेल्ने क्रममा उनी अन्धुवाखोलामा खसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेस्राको खोला नजिकै घर रहेको र खेल्ने क्रममा आज अपराह्न बालक खोलामा झरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्