चीतवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, ५ प्रहरी घाइते



काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगामुढा प्रहार हुँदा ५ जना प्रहरी घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
चौकीभित्र ढुंगामुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको थियो । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको छ । शुक्रबार दिनभरजसो रवि लामिछानेको समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्