प्रचण्ड युएई प्रस्थान


काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गनुभएको छ ।

अध्यक्ष दाहाल पत्नी सीतासँग मंगलबार (आज) युएई प्रस्थान गर्नुभएको हो । मंगलबार बिहान ९ः३० बजेको दाहाल फ्लाई दुबईको उडानबाट त्यसतर्फ जानुभएको हो ।

अध्यक्ष दाहालको युएईमा औपचारिक कार्यक्रम नभएको सचिवालयले जनाएको छ । उहाँ १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।