विषालु च्याउ खाँदा रोल्पामा तीन आमा–छोरीको मृत्यु


नरेन्द्र केसी, दाङ ।

रोल्पाको लुङग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चालमा बिषाली च्याउ खाँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । २५ बर्षीयाा फुर्मली बुढाथोकी, उहाँकी छोरी सात बर्षीया सुनिता बुढाथोकी र छोरा तीन बर्षीयाा पुस्कर बुढाथोकीको मृत्यु भएको हो ।

साउन ८ गते बिषादी च्याउ खाई बिरामी भइ उपचारको लागि लगेकोमा पुस्करको साउन ११ गते, सुनिताको १२ गते र आमा फुर्मलीको १३ गते मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तीन जनाको निधन भएको खबर प्राप्त भएपछि प्रहरी चौकी झिलाङ्निलेबाट प्रहरी सहायक निरीक्षक हरिबहादुर सुनारको नेतृत्वमा प्रहरी खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।