पलाइरहने जरो



‘संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, त्यसलाई सदृढ गर्ने, त्यो हाम्रो राजनीतिक उपलब्धीसँग जोडिएको छ तर गणतन्त्र र संघीयताको रक्षामा विप्लव समूहबाट चुनौती थपिएको छ’–गृहमन्त्री थापा ।
‘माओवादीले चलाएको हिंसात्मक गतिविधी संवैधानिक राजतन्त्र र प्रजातन्त्र माथिको प्रहार हो’–माओवादीको सशस्त्र संर्घषका बेला तत्कालिन सत्तारुढ दल यस्तै तर्क गर्थे ।

मन्त्री थापाले आइतवार मन्त्रालयमा सञ्चारकर्मीसँग यस्तै तर्क गर्दा धरहराले शसस्त्र द्दन्द्दकाल झलझली सम्झियो । यो राजनीति पनि अचम्मैको हुन्छ भन्या । ऊ बेलाका बिद्रोही अहिले सत्ताको रथमा छन्, माओवादीकालमा राजतन्त्रको वकालत गर्नेहरु प्रतिपक्षी कित्तामा पुग्या छन् । धेरै त राजनीतिबाट ओझेल परिसके, केही विदेश पलायन भए ।

आजकल सत्तारुढ दलका नेता सुगा रटानका साथ प्रस्तुत हुन्छन्–‘मुलुकले बर्षौ लामो राजनीतिक संक्रमण पार ग¥यो, अब आर्थिक समृद्धिमा लम्किएको छ, अब कुनै किसिमको राजनीतिक आन्दोलनको खाँचो छैन ।’ विप्लवको आन्दोलन र हिंसात्मक गतिविधीको कुनै तुक नभएको सत्ता कित्ताका कम्रेड दोहो¥याउँछन् । यस्तो सुन्दा सुन्दा धरहरा निकै कन्फ्युज हुने गर्छ ।

मुलुकले जतिसुकै ठूलो राजनीतिक उतार चढाव किनार लगाएपनि ‘कम्रेड आन्दोलन’ कहिल्यै किनार नलाग्ने रै’छ । हैन भने विचार गरौ त, पञ्चायतकालमा पनि लुकिछिपी कम्रेड आन्दोलन चल्या थ्यो, बहुदलपछि मौलायो, २०६२÷६३ले जरो उखेल्यो भन्या त अहिले फेरी जरो पलाएर मौलाउन थाल्या छ । यस्तो भएसी कम्रेड आन्दोलनको जरो कहिले उखेलिने हो ?

प्रतिक्रिया दिनुहोस्