बागलुङमा भैँसीले हानेर ८० वर्षीय वृद्धको मृत्यु


बागलुङ ।
बागलुङको भकुण्डेमा छिमेकीको भैँसीले हानेर एक वृद्धको मृत्यु भएको छ । छिमेकीको घरबाट फुस्केर आएको भैसीले हानेर बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेका ८० वर्षीय छविलाल सार्कीको मृत्यु भएको बागलुङ जिल्लाका नायव प्रहरी उपरीक्षक झबिन्द्र भट्टराईले जानकारी दिनुभयो ।

मंगलवार दिउसो मृतक सार्कीका छिमेकी प्रेम बहादुरको गोठमा बाँधेको भैँसी अचानक फुस्केर आएपछि ८० वर्षीय सार्कीलाई हानेको थियो ।भैसीले हानेपछि बेहोस भएर ढलेका सार्कीलाई उपचारका लागि सदरमुकाम ल्याउने क्रममा मृत्यु भएको हो । धौलागिरी अञ्चल अस्पतालले सार्कीलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका नायव उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।