रुपन्देहीमा गोली हानेर साढे ४ लाख बढी लुटियो


न्युज अफ नेपाल , बुटवल ।
रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली हानेर ४ लाख ६३ हजार लुटेको हो । गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लको रकम लुटिएको हो ।

गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आउँदै गर्दा मल्लमाथि सु १ ह ३३७ नम्बरको टेम्पो चढेर गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएकाहरूले गोली प्रहार गरि रकम लुटेको जनाएको छ ।

लुटेराहरूको गोली टेप्पुको टायरमा मात्रै लागेको छ । मानवीय क्षति भने भएको छैन । लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको सो रकम मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मल्लले आफ्नो २ लाख र बाँकी ताल सरसफाइ समितिको रकम गरी ४ लाख ६३ हजार बोकेकी थिइन् ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।