चक्रपथ सरसफाई अभियान ९६औं हप्तामा


काठमाडौं ।
चक्रपथ सरसफाई अभियान शनिबार ९६औं हप्तामा पुगेको छ । अभियानले कलंकीदेखि बालाजु गंगाहलसम्मको क्षेत्रमा सरसफाई गर्दै गरेको छ । सबैलाई जागरुक बनाएर समाजलाई सफा राख्ने उद्देश्यले अभियान थालिएको कुँवरले बताउनुभयो ।

नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका अध्यक्ष समेत रहेका कुँवरले केही सामाजिक काम गरौं भन्ने उद्देश्यले यो अभियान थालिएको बताउनुभयो । उहाँले स्थानीय बासिन्दा, सेना, प्रहरी, व्यवसायी, कलाकार तथा अन्यको पनि सहयोग र सहभागिता भएको जनाउनुभएको छ । तर, सडकका छेउमै घर भएका घरबेटीहरुले भने असहयोग गरेको र अभियानलाई समर्थन नगरेको गुनासो छ ।

‘माथि रमिता हेरेर बस्छन्, सफा गर्नुको साटो उल्टै फोहोर गरिदिन्छन् ’ कुँवरले भन्नुभयो । शनिबारको कार्यक्रम कलंकी चोकमा भएको थियो । सडकमा जथाभावी फोहोर नफाल्न अनुरोध गर्दा पनि कसैले नटेरेको उहाँले बताउनुभयो । शनिबारसम्ममा २ सय १४ ट्रक फोहोर संकलन गरिएको छ ।

१००औं हप्ताको विशेष कार्यक्रम गर्ने योजना छ । ‘कमसेकम शनिबार विहान २ घण्टा समय मागेका हौं तर पनि पाइएन’ कुँवरले भन्नुभयो ‘सबैको सहभागिता हुने हो भने चक्रपथलाई हराभरा बनाउन सकिन्छ ।’ उहाँले आप्mनो इक्वीपमेन्ट प्रयोग गर्नुभएको छ भने सचेतनाका लागि अन्य सामाग्री पनि छापिएको छ ।