कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, कम्तीमा २० जना घाइते, सयौं घरको छाना उडायो

0
Shares

काठमाडौं ।
सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुर भीषण हावाहुरी आउँदा ठूलो क्षति भएको छ । बिहीबार साँझ ८ बजेतिर अधिकांश स्थानमा भीषण हावाहुरीका कारण कम्तीमा २० जना घाइते भएका छन् ।

हावाहुरीबाट रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको प्रहरीले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ । प्रहरीले रातको समय भएपनि उद्दार कार्यमा सक्रियतापूर्वक लागिपरेको जनाएको छ ।

हावाहुरीका कारण कैलालीको धनगढीमा कम्तीमा १० जना र कञ्चनपुरको भीमदत्तनगरमा कम्तीमा १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ । हावाहुरीको अन्य थप विवरण भने आउन बाँकी छ ।