क्रिकेट र फुटबलमा ‘बेटिङ’ गराउने तीन जना प्रहरी खोरमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रहरीले आईपीएल, विश्वकप क्रिकेट र च्याम्पियन्स लिग फुटबललगायतका खेलमा ‘बेटिङ’ गराउने तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिका घरभई हाल रानी वन बस्ने ३३ वर्षीय उमेश कार्की, सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भई हाल काठमाडौँ स्वयम्भू बस्ने ३६ वर्षीय बज्र प्रकाश लामा र सोहि स्थानका ३० वर्षीय विद्युत प्रकाश लामा रहेका छन् ।

उनीहरुले अवैध रुपमा रकम असुली गरिहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई बुधबार काठमाडौँको बिजेश्वरी र न्यूरोडबाट एक लाख रुपैयाँ सहित नियन्त्रणमा लिईएको हो ।