कांग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैदेशिक रोजगारीका सवालमा संसद्मा जरुरी सार्वजनिक महŒवको प्रस्ताव दर्ता गराएको छ। मलेसियाको वैदेशिक रोजगारी स्थगित भएसँगै लाखौं नेपाली त्यहाँ जानबाट वञ्चित भएका बेला कांग्रेसले उक्त प्रस्ताव दर्ता गराएको हो।

कांग्रेस सांसद डा। डिला संग्रौलाले यो जरुरी सार्वजनिक महŒवको प्रस्ताव गर्नुभएको हो। उक्त प्रस्तावमा सांसद रामबहादुर विष्ट र देवप्रसाद तिमल्सिनाले समर्थन गर्नुभएको थियो।

सांसद संग्रौलाले वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसंगति हटाई वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन संसद्मा सार्वजनिक महŒवको प्रस्ताव दर्ता गरेको जनाउनुभयो।

गत वर्ष कात्तिक १२ मा दुई देशबीच पहिलोपटक श्रम सम्झौता भए पनि नेपाल सरकारले अहिलेसम्म औपचारिकरूपमा कामदार पठाउन सकेको छैन।

संसद्मा वैदेशिक रोगजारी बारे छलफल गर्नुपर्नाका कारण उल्लेख गर्दै लाखौं नेपाली युवाको गन्तव्यका रूपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जतिसक्दो चाँडो रोजगार खुला गर्नुपर्ने जनाइएको छ।

मलेसिया जान चाहने युवाको मेडिकल जाँच गर्ने संस्थाको छनोट गर्दा मलेसिया तथा नेपालका बिचौलियाको चलखेल नियन्त्रण गर्न सरकार पूर्णरूपमा असफल भएको कांग्रेसको आरोप छ। यसको प्रमाणका लागि मलेसियासँग शून्य लागतमा श्रम सम्झौता भए पनि ७ महिनासम्म मेडिकल गर्ने संस्था सूचीकरण र छनोट गर्न नसक्दा रोजगारी खुल्न नसकेको प्रस्तावमा उल्लेख छ।

पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र वर्षेनी दसौं अर्ब रुपियाँ रेमिट्यान्स भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि मलेसियाली रोजगारदाताहरू विकल्प खोज्न थालेका छन्। गत वर्ष कात्तिक १२ मा दुई देशबीच पहिलोपटक श्रम सम्झौता भए पनि नेपाल सरकारले अहिलेसम्म औपचारिकरूपमा कामदार पठाउन सकेको छैन।
हजारौं मजदुरलाई ठगी गर्ने कम्पनीहरूविरुद्ध कुनै कारबाही भएको छैन। १० हजार भरपाई दिएर २ लाख रुपियाँसम्म लिने एजेन्सीलाई सरकारले नियन्त्रण गर्न सकेको छैन। गत वर्ष आठ महिनामा ७७ हजार बढी युवा मलेसिया गएकोमा यस वर्षको सोही अवधिमा मलेसिया जाने नेपाली युवाको संख्या तीन हजारभन्दा कम छ।
वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गत वर्षको १ साउनदेखि यस वर्ष २ जेठसम्म मलेसियामा १ सय ९४ जना कामदारले ज्यान गुमाइसकेका छन् भने ६७ जना गम्भीररूपमा अंगभंग भएका छन्। वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा सबै मुलुकमा गरी ८ सय २१ जना कामदारको मृत्यु भएको थियो।

Skip This