आज मेघगर्जन सहित वर्षा हुने


काठमाडौं । देशका पूर्वी भु–भागमा आंशिकदेखि सामान्य बदलि, मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसुम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य भु–भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी रातिको समयमा देशका पूर्वी भु–भागमा आंशिकदेखि सामान्य बदली, मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु–भाग तथा मध्य पहाडी भेगका थोरै र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।