बम विस्फाेट अपडेटः बम पड्काउने विप्लव, पड्किने सिलिन्डर नभई कुकर बम



काठमाडौँ ।
काठमाडौंको सुकेधारा र अनामनगर विस्फोटमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीले शंका गरेको छ । नेपाल प्रहरीको उच्च स्रोतले दुवै ठाउँको विस्फोटमा विप्लव समूहको संलग्नता रहेको जनाएको छ ।

प्रहरीले अनामनगर विस्फोटमा घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको पुष्टि पुष्टि गरेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भईरहेको छ ।

यस्तै प्रहरीले सुकेधारामा सिलिण्डर नभई कुकर बम विस्फोट भएको आशंका गरेको छ । प्रहरीका अनुसार विस्फोट भएको दुवै घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन ।

घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ ।

सुकेधारामा विस्फोटपछि उद्दारमा संलग्नहरुले सिलिण्डर नभई कुकर बम विस्फोट भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्