ठूलो मात्रामा लागुऔषधसहित सात जना पक्राउ

0
Shares

विजय नेपाली, पोखरा ।
पोखरामा ठूलो मात्रामा लागुऔषध सहित ७ जना पक्राउ परेका छन । पोखरामा लागुऔषध ओसार पोसार तथा बेचबिखन भएको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की कास्कीबाट सादा पोशाकमा खटिएको प्रहरी निरीक्षक सागर पन्तको टोलिले ठुलोमात्रामा दुई महिला सहित सात जनालाइ पक्राउ गर्नुभएको हो ।

कास्की प्रहरीले तीन सय ४१ थान फेनारगन, तीन सय ४१ थान डाइजापाम , तीन सय ४१ थान बुर्फिनफन र नाइट्रोसन एक सय चक्की सहित उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपेन्देही रोहिणीका ४३ वर्षीय रामबृक्ष कोहार, तेतरी कोहार र सोनम कोहार त्यस्तै पोखरा बगर बस्ने २६ वर्षीय अनिल गुरुङ , पोखरा २८ का २० वर्षीय शुक्रराज सुनार, पोखरा१३ का ४४ वर्षीय विक्रम वि।क र पोखरा ३२ का ३४ वर्षीय अजय गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देहीका कोहार परिवारले पोखरा ल्याइ अन्य चार जनालाइ बिक्री गर्ने गरेको अनुसन्धान बाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी ओमबहादुर रानाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पोखरामा लागू औषध भित्रनका लागि पोखराका ड्रक्स डिलरहरुले बोर्डर जिल्लाहरुमा आइएमइ मार्फत पैसा पठाउने गरेको पाइयोू एसपी रानाले भन्नुभयो ।

सुनौली हुँदै पोखराको डिलर सम्म पठाउनेकाम गरेको एसपी रानाले बताउनुभयो । सलिम खानले भारतबाट भित्र्याउने काम गर्दो रहेछ,बोर्डरबाट छिरे पछि विभिन्न तरिकाले भित्र्याउने काम हुदो रहेछू उहाँले भन्नुभयो । प्रहरीको विषेश टोलिले ठूलो मात्रामा लागुऔषध पक्राउ गरेको उनले जानकारी दिनुभयो ।

रामबृक्ष , तेतरी र सोनामले पोखरा ल्याइ अनिल, शुक्रराज,विक्रम अजय लगायतलाइ बेच्न लागेको प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले बताउनुभयो । वर्षेनी पोखरामा ठूलो मात्रामा लागुऔषध भित्रिदै आएको पाइन्छ पोखरा आउने हरेक नाकामा सुरक्षा चेकजाच हुने गरेपनी लागुऔषध भित्रीने क्रम भने रोकिएको छैन । पृथ्वी राजमार्ग हुँदै आउदा हेर्ने हो भने पनि लेखनाथ देखि अमरसिंह चोक सम्म चार ठाउँमा चेकपोस्ट छ तर पनि लागुऔषध ल्याउने क्रममा गिरावट आएको देखिदैन ।

पोखरामा मंगलवार राती ठूलो मात्रामा लागुऔषध पक्राउ गरे पनि उक्त समयमा बरामद गरेको अन्य सामग्री भने प्रहरीले सार्वजनिक गरेनन । यस विषयमा कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङ्ग सङ्ग प्रश्न गर्दा अदालतले मौखिक रुपमा अन्य सामान बरामदमा नराख्न आदेश दिएको बताउनुभयो ।

ठुलोमात्रामा लागुऔषध पक्राउ गर्दा बरामद भएको सम्पुर्ण वस्तु पनि सार्वजनिक गर्नुपर्ने हो तर कास्की प्रहरीले किन गरेन रु यस सन्दर्भमा बोल्दै जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सुचना अधिकारी तथा सहायक जिल्ला न्यायाधीवक्ता पुर्ण प्रसाद शर्माले थोरै मात्रामा पक्राउ गर्दा अन्य वस्तुलाइ बरामदमा राक्न आग्रह गरेपनी ठूलो मात्रामा पक्राउ गर्दा सार्वजानिक गर्नुपर्ने बताउनुभयो ।

Skip This