नेकपा कार्यकर्ताबीच झडपः वडा अध्यक्षमाथि कुटपीट, गाडी तोडफोड


रौतहट ।
रौतहटमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकर्ताबीच झडप भएको छ । विकासको बजेट सञ्चालन गर्ने विषयमा झडप भएको हो ।

झडपमा फतुुआ विजयपुर नगरपालिका – ४ का वडा अध्यक्ष ब्रह्म नारायण यादव कुटिएका हुन् भने अन्य केहि घाइते भएका छन् । झडपको क्रममा नेकपाकै एक कार्यकर्ताको गाडीमा समेत तोडफोड भएको छ ।

प्रदेश सरकारले दिएको एक करोडको बजेटमध्ये २५ लाखको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने बिषयमा विवाद हुुँदा फतुुआ विजयपुुर नगरपालिकास्थित नेकपाका कार्यकर्ताबीच मंगलवार साँझ दोहरो झडप भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।