सीतालाई सम्मान हुनुपर्छः प्रचण्ड

0
Shares

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीतालाई आफूले आदर्श नारी मान्ने बताएका छन् ।

राष्ट्रिय विभुति सीताको नाममा मनाइने सीता नवमी पर्वका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘सीताबारे म विद्वान हैन । इतिहासको ज्ञाता हैन । तर पनि सीतालाई आदर्श नारी, आमा, पत्नी र आदर्श महिला मान्छु ।’

उनले राम नवमी जसरी सीता नवमी अलिक कम गरी मनाउने विषयबारे बहस गर्न सकिने बताए ।

‘रामबिना सीता र सीताबिना राम पूर्ण हुन सक्दैन । तर रामलाई बडो धुमधामसँग मनाउने र सीताकोमा यस्सो जन्मिएको हो । भन्नुले ले कहीँ न कहीँ हाम्रो पृतिसत्तावादी सोच र समाजको मनोवैज्ञानिक असर हो,’ प्रचण्डले भने, ‘यथार्थमा समानता र समातामूलक समाजको सामाजिक न्यायको कुरा गर्छौं भने रामभन्दा कम सीतालाई मान्न हुँदैन । महिला हुनुको नाताले सीतालाई अझ त्योभन्दा बढी चर्चा हुनुपर्छ । सीतालार्इ सम्मान हुनुपर्छ । सीताको भूमिकालाई स्थापित गरिनुपर्दछ ।’

उसले त्यसो गर्दा रामको विरोध नहुने बरू न्यायपूर्ण हुने बताए । सीताको जन्मबारे विभिन्न कोणबाट कथाहरू बनाइएकोबाट उनी अपहेलित छोरी थिइन् भन्ने पुष्टी हुने दाहालले बताए ।

‘सीता जन्मबारे विभिन्न कथा छन् । कहीँ जमिनमा जोतेर पनि मान्छे भेटिन्छ र१ जमिनबाट उम्रन्छ र मान्छेरु त्यस्तो त हुँदैन ।

विभिन्न कथाहरु छन् । अद्भुत रामायणमा सीतालाई रावणले सन्दुकमा बाकसमा ल्याएर जनकपुरमा फालेको हो । अनि जनक राजाले खेत जोत्दा भेटे,’ दाहालले भने, ‘बाकस भित्र बच्ची भेटेर हुर्काएको पनि भन्ने छ । जे भए पनि के अर्थ लाग्छ भने सीता लावारिस रूपमा फालिएकी बच्ची थिइन् ।’