सम्झौता भइसक्दा पनि जग्गा धनि र घर धनिले मुआवजा पाएनन्


सरस्वति न्यौपाने, रसुवा ।
अन्तराष्ट्रिय नाकाले परिचित रसुवागढि नाका हुदै छिमेकी राष्ट्र चीन संग जोडने दास्रो नाका ले परिचित टिमुरेमा बन्नलागेको सुख्खा बन्दरगाह निर्माण मा सम्झौता भइसक्दा पनि जग्गा धनि र घर धनिले मुआवजा नपाएको गुनासो रहेको छ ।

जिल्ला मुआवजा निर्धारण समिति रसुवाका अनुसार ३० लाख २५ हजार रुपैयाँ वितरण बाकि रहेको र अपुग मुआवजा का लागी मन्त्रालय मा चिठि पठाएको बताइएको छ ।५८ रोपनि र विभिन्न सरकारी स्वामित्वमा रहेको एक सय नौ रोपनि गरि साढे आठ हेक्टर जग्गा अधिकरण गरिसकेको छ ।भने जग्गाको लागी १२ लाख ४२ हजार तीनसय ९२ रुपैया वितरण गर्न बाकि रहेको छ २४८ करोड ४८ लाख ३६ हजार आठ सय ७८ रुपैया भने वितरण भइसकेको बताइएको छ ।

नेपाल सरकारिलाई चिनियाँ लगानिमा चिनियाँ पक्षले हस्तान्तरण गर्ने गरि द्धिपक्षिय सम्झौता भई २०७५ माघ १ गते चीनको छेन्दुमा पुगेर सुख्खा बन्दरगाहको डिजाइन स्वीकृत सम्झौता भएको थियो ।आर्किटेक्चर रिकनाइन्सेन्स एन्ड डिजाइन इन्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको थियो ।भने बन्दरगाहमा पार्किङ स्थल ,गोदाम घर ,प्रशासनिक भवन ,जाँच पास स्थल ,भन्सार ,क्वारेनटाइन ,बैंक,ल्याब रहने बताइएको छ ।

वैशाख २९ गते सुख्खा बन्दरगाह निर्माणको जिम्मेवारी पाएको तिब्बत फली कन्स्ट्रक्सन र नेपाली पक्षबिच सम्झौता भई अब को एक महिनामा बन्दरगाह निर्माण कार्य सुरु हुने बताइएको छ ।डिजाइन अनुसार को काम पहिलो चरणमा पुरा गरी बाकि दोस्रो चरणमा गरिनने भएको छ ।

भुकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढि नाकाबाट सामाग्री आयात निर्यात भइरहेको छ करिब साढे आठ हेक्टर जमिनमा बन्दरगाह निर्माण गरिने सो ठाउमा दुई सय देखि चार सय मालबाहक गाडि पार्किङ गर्न सकिने बताइएको छ ।निर्माण सुरु गरिएको ३० महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको त्यस बन्दरगाह मा पाच हजार वर्गमिटर को पाचतले प्रशासनिक भवन सात सय ५० वर्गमिटर को गोदाम दुई हजार ८० वर्गमिटर का दुईवटा जाँच पास स्थल रहने बताइएको छ ।