उपेन्द्र यादवसँग अन्तर्वार्तामा भएको चर्काचर्कीको असर विरगञ्जमाः एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड


किष्णउदास खनाल, विरगञ्ज ।
एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएको छ। सोमबार दिउँसो कर्मचारीहरू काम गरिरहेको बेला आज्ञत समुहले तोडफोड गरेको बताइएको छ ।

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्किएका थिए ।

सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको हुनसक्ने आशंका गरिएको छ ।

अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।