एसईई परिक्षाः भोलि हुने विषयको प्रश्नपत्र आजै सामाजिक सञ्जालमा भाइरल



नेपाल समाचारपत्र, काठमाडौं ।
लगातार प्रश्नपत्र बाहिरिएर विद्यर्थीहरु आतकिंत भइरहेको बेला भोली शनिबार परीक्षा हुने स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको छ । अहिले सामाजिक सञ्जालमा भोली हुने विषयको परिक्षाको प्रश्नपत्र आजै भाइरल बनेको पाइएको छ ।

आज पनि प्रदेश नम्बर दुईमा समाजिक विषयको प्रश्नपत्र बाहिरिँदा विद्यार्थीहरु आतंकित बनेका थिए ।

प्रश्नपत्र बाहिरिएका कारणले विद्यर्थीहरुले नाराबाजी र तोडफोड समेत गरेका थिए ।

यसरी एसईई परिक्षापत्र दिन दिनै बाहिरिँदै गएकाले शिक्षा मन्त्री गिरिराजमाणि पोखरेलले देशैभरका प्रश्नपत्र ४ घण्टाभित्र रुजु गर्न आदेश पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्