जिल्ला अस्पताल कालिकोटमा औषधीको चरम अभाव



कालीवहादुर मल्ल, कालिकोट ।
कालिकोटमा रहेको एक मात्र अस्पतालमा एक महिनादेखि औषधिको अभाव भएको छ । यहाँ आउने विरामीहरुका लागि आवश्यक औशधी नहुदा सुर्खेत नेपालगन्ज दुख पाउनु परिरहेको हो ।

अस्पतालमा औषधि अभाव भएपछि सामन्य सिटामोल पनि चर्को मूल्यमा निजि मेडिकलबाट खरिद गर्नु पर्ने वाध्यता रहेको छ । औषधीको अभावहुदा सामान्य सिटामोल,जिवनजल पनि निजि मेडिकलहरुबाट खरिद गरेर विरामीलाई दिनु परेको अस्पतालद्धारा संचालित फर्मेसिमा कार्यरत पुष्कर शाहिले वताउछन् ।

शाहीका अनुसार अस्पतालको फार्मेसिमा एन्टिबायटिक,दमका विरामिहरुका लागि चाहिने विटाटु,विकामियम, पिसाप पोल्ने विरामिहरुको लागि चाहिने अल्कालाइजर लगायतका दैनिक आवश्यक पर्ने औषधि अभाव छ ।

क्षेत्रीय मेडिकल स्टोर नेपालगंजमा औषधि माग गरेको महिनौं भइसक्दा पनि नआउँदा समस्या भएको जिल्ला अस्पताल कालिकोटका निमित्त प्रमुख डाक्टर भिष्म पोख्रेलको भनाइ रहेको छ । ‘लिखित र मौखिम माग गर्दा गर्दै थाक्यौं,’ उनले भने, ‘अब दिक्क लागेर ताकेता गर्न पनि छाड्यौं ।’ प्रदेश महातहत अस्पताल गइसकेको छ ।

जिल्ला अस्पतालमा विरामी वोक्ने एम्बुलेन्स पनि छैन । १५ बाट ५० शैयामा अस्पतालको स्तरोन्नितका लागि भवन निर्माण कार्य सुरु गरिए पनि हाल सागुरो जिर्ण भवनमा विरामिलाई सेवा दिन निकै कठिनाई भएको छ ।

ज्वारोले सताएर जिल्ला अस्पताल पुगेका विरामी खाडाचक्र नगरपालिका – ९ पाँखाका धनवहादुर विस्ट औषधीको अभाव भएपछि हजारौ खर्च गरेर सुर्खेत जान बाध्य भएका छन् ।

अस्पतालले सञ्चालन गरेको फार्मेसीमा समेत औषधि छैन । स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएको औषधि सकिएको महिनौ वित्दा समेत उपलव्ध भएको छैन ।

राज्यले कर्णाली क्षेत्रको लागि निशुल्क स्वास्थ्य सेवा भने पनि चर्काे मूल्य तिरेर सामान्य औषधी खरिद गरेर सेवन गर्नु परिरहेको छ ।

प्रत्येक स्थानीय तहमा २० लाख रुपैयाँको हाराहारीमा औषधिका लागि बजेट गएको भएपनि दुरुपयोग भइरहेको छ ।

अहिलेसम्म कुनै पनि स्थानीय तहले औषधि खरिद गर्न टेन्डर गरेका छैनन् । टेन्डरका लागि लामो प्रक्रिया लाग्ने भएकाले छोटो प्रक्रियाबाट २ र ३ लाख रुपैयाँको औषधी खरिद गर्न लागेको शान्नि त्रिवेणि गाउँपालिकाका प्रशासकीय अधिकृत नारायण खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्