वीरगन्जमा तनाब: बिद्यार्थीको हातमा कलमको सट्टा भाठा, प्रदेश सरकारको आपत्ति



कृष्णउदास खनाल, वीरगन्ज ।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश नम्बर २ मा बिहीबार सञ्चालन भएको एसईई परीक्षा रद्द गरेपछि पछि आज बिहान देखि वीरगन्जमा तनाव बढेको छ ।

परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई परिक्षा स्थगित भएको सुचना पश्रचात फर्केका आक्रोषित विद्यार्थीहरु वीरगन्जको घण्टाघरमा प्रर्दशन गर्नुको साथै तोडफोड समेत गरेका छन् । प्रर्दशनको क्रममा विद्यार्थी र प्रहरी विच धेरै पटक झडप पनि भएको छ ।

प्रहरीले प्रर्दशनमा उत्रेका विद्यार्थीहरु माथी पानीको फोहरा तथा आश्रुग्यास समेत छोडेको छ । प्रहरीले विद्यार्थीहरुको आन्दोल दवाउन पानी आश्रुग्यास छोडे पछि प्रहरी माथी ढुगामुढा समेत गरेका थिए । बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

बिहीबार रद्द भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए । सप्तरीको परीक्षा केन्द्रमा लाखौं रकमको चलखेलमा एक दिन अगावै प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि परीक्षा रद्द भएको हो । प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार परीक्षार्थीबाट खोसिएको चिटको प्रतिलिपि हुबहु मेल खाएको फेला परेको सशस्त्रका एसपी खेम थापाले बताए ।

बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । बिहीबार परीक्षा भएपछि जिल्ला परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

तर प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो ।सप्तरीमा बुधबार राति नै जिल्ला शिक्षा समन्वय समितिका कर्मचारी, परीक्षा केन्द्रमा खटिएका निरिक्षक, सुरक्षाकर्मी लगायतको मिलेमतोमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा बिहीबार लिइएको अनिवार्य विज्ञान विषयको परीक्षा रद्द गरिएको हो । यसरी नै शुक्रबार हुने सामाजिा बिषयको समेत परीक्षा रद्द भएपछि बिद्यार्थीहरु आक्रोशित बनेका हुन् ।

सामाजिक बिषयको प्रश्न पनि बिहीबार राति नै सामाजिक संजाल मार्फत बाहिरिएको थियो ।

प्रदेश सरकारको आपत्ति

लगातार दोस्रोपटक एसईई परीक्षाको प्रश्नपत्र बाहिएको घटनामा केन्द्र सरकार जिम्मेवार रहेको प्रदेश २ सरकारले बताएको छ ।प्रदेशलाई बद्नाम गराउन प्रश्नपत्र आउट गरिएको मुख्यमन्त्री लालबाबु राउतको आरोप छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशबाट प्रश्नपत्र नबाहिरिएको देखिएको बताए । संघ सरकारका निकायहरुले प्रश्नपत्र आउट गराएकाले संघीय सरकारका शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने उनको माग छ ।प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।

मुख्यमन्ी लालबावु राउतले संघीय सरकारले आफूहरुलाई बद्नाम गराउनका लागि योजना बनाएर नै प्रश्नपत्र आउट गरेको आरोप नेपाल समाचारपत्रमार्फत लगाए ।

प्रतिक्रिया दिनुहोस्