प्रदेश २ को परीक्षा स्थगित, बाेर्डको आकस्मिक बैठक बस्दै


काठमाडौं । सामाजिक विषयको प्रश्नपत्र आउट भएसँगै प्रदेश २ को समाजिक विषयको परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बाेर्डका परीक्षा नियन्त्रण बिष्णु अधिकारीका अनुसार नियमित तर्फको परीक्षा स्थगित गरिएको छ । प्रदेश नम्बर २ मा पनि प्राविधिक र ग्रेडवृद्धि. परीक्षा भने सञ्चालन हुने उहाँको भनाइ छ ।

प्रश्नपत्र आउट हुनु एकदमै दुःखद रहेको बताउँदै राष्ट्रिय परीक्षा बाेर्डले परीक्षा कहिले गर्ने र यस्ता घटना हुन नदिन कसरी सतर्कता अपनाउने भन्नेबारेमा छलफल हुन लागेको बताउनुभयो ।

बिहिबार पनि प्रदेश नम्बर २ मा प्रश्नपत्र बाहिरिएपछि विज्ञान संकायको परीक्षा रद्द भएको थियो । त्यसकाे परीक्षा २२ गते गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।