विप्लवका नेता अदालतबाटै पक्राउ:१७ मध्ये तीन फेरी पक्राउ, केहि धरौटी तिर्न नसक्दा हिरासतमै



मोतीराम तिमल्सिना, काभ्रे
कर नतिरेको भन्दै एनसेलका टाओरह?मा देशभर आक्रमण गरी क्षति पु¥याएको विप्लव समुहका नेताह?लाई धमाधम पक्राउ परी मुद्दा दर्ता गरिएको छ । सिन्धुपाल्चोकमा पक्राउ परेका केहि नेताह?लाई अदालतले धरौटीमा छाड्ने आदेश दिए लगत्तै काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इन्द्रबहादुर ठकुरी, बलेफी गाउँपालिका ४, सिन्धुपाल्चोक, रेशम पौड्याल (सौगात), बाहविसे नगरपालिका ८, सिन्धुपाल्चोक र अजय श्रेष्ठ, भुम्लु गाउँपालिका १, काभ्रेपलाञ्चोक रहेका छन् । जिल्ला अदालत सिन्धुपाल्चोकले बुधबार राति ठकुरीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो भने पौड्याल र श्रेष्ठलाई ६÷६ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी नै बुझाउन नपाउँदै तीनै जना नेताह?लाई प्रहरीले पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकामा रहेको एनसेल टाओर आक्रमण गरेको अभियोगमा पक्राउ गरेको छ । अजय र इन्द्र जिल्ला नेता हुन् भने रमेश सामान्य कार्यकर्ता मात्रै हुन् ।

सिन्धुपाल्चोक प्रहरीले १७ जना विप्लव समुहका नेता कार्यकर्ताह?लाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । अदालतले पक्राउ परेकाह? मध्ये ४ जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । सामान्य तारेखमा छुट्नेह? रमिता अधिकारी (रिमा), छेडा नगरपालिका ८, सिन्धसपाल्चोक, कल्पना ?म्बा (अस्मिता), राक्सि राङ गाउँपालिका ३, मकवानपुर, सविता श्रेष्ठ(मनिषा), इटहरी नगरपालिका ३, सुनसरी, हिरा खत्री(सुस्मिता), इन?वा गडी नपा ९, सुनसरी रहेका छन् । १३ जनालाई धरौटी आदेश भएकोमा ९ जना धरौटी तिर्न नसकेर अझै सिन्धुपाल्चोक जिल्लाको कारागारमा रहेका छन् । साधारण तारेखमा छुटेकाह? भने परिवारको सम्पर्कमा पुगेका छन् ।

सरकारले विप्लव समुहका गतिविधिह?मा प्रतिवन्ध लगाएसँगै प्रहरीले देशभर विप्लव समुहका कार्यकर्ताह? पक्राउ गर्न शु? गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाबाट उक्त समुहका प्रभावशालि नेता हेमन्तप्रकाश ओली (सुर्दशन) सहित दर्जनौ नेता कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले सिन्धुपाल्चोक जिल्लाबाट तीन जना विप्लव समुहका नेता कार्यकर्ता पक्राउ गरेको स्विकारे । थप अनुसन्धान जारी भएकाले केहि बताउन नमिल्ने एसपी खड्काले बताए । भुम्लुमा रहेको एनसेल टाओर आक्रमण गर्नेह?लाई प्रहरीले मुद्दा दर्ता गरी फरार सूचीमा राखेको थियो ।

अदालतले छाड्न आदेश दिएकाह? सुजन घिसिङ्ग, खाँडादेवी गाउँपालिका ९, रामेछाप, शिव विक, केडोनी नपा ९, उदयपुर, नवराज केसी, सानो त्रिवेणी गाउँपालिका ९, कालिकोट , सञ्जिव तामाङ, चौरीदेउराली गाउँपालिका ३, काभ्रेपलाञ्चोक, अनिल विक, खाँडाचक्र नगरपालिका ४, कालिकोट, देउरान लोहार, चुवा नगरपालिका ९, कैलाली, सागर राई, इलाम नगरपालिका ७, इलाम, चन्द्रबहादुर मोक्तान (समुन), मनहरी गाउँपालिका २, मकवानपुर, गणेश थापा क्षेत्री, ताडी नगरपालिका १, नुवाकोट, अजय श्रेष्ठ, भुम्लु गाउँपालिका १, काभ्रेपलाञ्चोक, आंशिक महत्तो(साजन), राप्ती नगरपालिका १२, चितवन, इन्द्रबहादुर ठकुरी, बलेफी गाउँपालिका ४, सिन्धुपाल्चोक, रेशम पौड्याल (सौगात) बाहविसे नगरपालिका ८, सिन्धुपाल्चोक, रमिता अधिकारी (रिमा), छेडा नगरपालिका ८, सिन्धुपाल्चोक, कल्पना ?म्बा (अस्मिता), राक्सि राङ गाउँपालिका ३, मकवानपुर, सविता श्रेष्ठ(मनिषा), इटहरी नगरपालिका ३, सुनसरी , हिरा खत्री(सुस्मिता), इन?वा गडी नपा ९, सुनसरी लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्