रोल्पाको त्रिवेणी गाउँपालिका नजिकै २ वटा वम फेला



महेश न्यौपाने, रोल्पा ।
रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय नजिक २ वेवारिसे अवस्थामा राखिएका २ वटा वम फेला परेको छ ।

जुगार स्थीत गाउँपालिका कार्यालय देखी ५० मिटर दुरीमा रातो झोला भित्र पोलिथिन व्यागमा राखेको अवस्थामा उक्त वम फेला परेकोे हो । वम विस्फोट नभएका कारण मानवीय तथा भौतिक क्षती हुन नपाएको वताइएको छ । विहिवार विहान स्थानीयहरुले उक्त वम देखेपछि त्रसित भएका थिए । वम रहेको स्थान वारे स्थानीयहरुले प्रहरीलाई खवर गरे पछि अप्रीय घटना हुन वाट जोगिएको वताइएको छ ।

हाल प्रहरी घटना स्थल तर्फ पुगिसकेको स्थानीय करण रानाले जानकारी दिए । वम कसले कुन उद्धेश्य राखेको भन्ने खुल्न सकेको छैन । गत वुधवार गाउँपालिका कार्यालयको गाडी तोडफोड गर्न आएको समूहले भाग्ने क्रममा उक्त वम छोडेर गएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्