निसानामा स्थानीय सरकारः फेरि स्काभेटरमा आगजनी



महेश न्यौपाने, रोल्पा
रोल्पाका विभिन्न गाउँपालिकाको स्वामित्वमा रहेका सवारी साधनमाथि श्रृंखलावद्ध आक्रमण र आगजनी हुन थालेको छ । वुधवार राती २ वटा गाउँपालिकाको जीप तोडफोड र आगजनी भएको घटना सेलाउन नपाउदै गएराती पुनः एक गाउँपालिकाको स्काभेटरमा आगजनी भएको छ ।

अज्ञात समूहले गराएको भनिएको आगजनीवाट त्रिवेणी गाउँपालिकाको स्काभेटर पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका वडा नं.२ जप्कामा पार्किङ गरि राखेको अवस्थामा उक्त स्काभेटरमा आगजनी भएको वताइएको छ । गाउँपालिकाको करोड वढी मूल्य वरावरको उक्त स्काभेटर आगजनीवाट क्षतीग्रस्त भएको हो ।

यस अघि गत वुधवार राती सोही गाउँपालिकाको सवारी साधनमा समेत तोडफोड प्रयास भएको थियो । तोडफोडवाट गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको बा २ झ ३६५२ न. जीपको सिसा फुटेको छ ।

वुधवार राती नै गंगादेव गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएको भाडाको गाडीमा समेत अज्ञात समूहले आगजनी गरेको थियो । आगजनीवाट सो गाउँपालिकाकोे भे १च २७८५ नम्बरको बोलेरो जीप पूर्ण रुपमा क्षतीग्रस्त भएको थियो । गाउँपालिका अध्यक्ष वीरवहादुर खत्रीले प्रयोग गर्दै आएको उक्त जीप भाडामा लिएर प्रयोग गरिरहेको गाउँपालिकाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले वताएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अदालतमा मुद्धा दायर गरेकै दिन उक्त घटना घट्नुले उक्त घटना सोही पार्टीले गराएको हुन सक्ने आशंका गरिए पनि आधिकारिक पुष्टी हुन सकेको छैन ।

(फाइल तस्विर)

प्रतिक्रिया दिनुहोस्