विप्लव कार्यकर्तामाथि प्रहरीले गोली चलायो



काठमाडाैं ।  प्रहरीको गोली लागि कपिलवस्तुमा विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका छन् ।

शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली हान्दा नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् ।

प्रहरीले घटनाको पुष्टि नगरे पनि प्रत्यक्षदर्शीले रोकाको खुट्टामा गोली लागेको बताएका छन् । रोकाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ ।

प्रहरीले अर्को घरमा खानतलासी गर्दा भने स्थिति तनावपूर्ण बनेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्